प्रेम दिवसको व्यापार : सामान्य पसलमा बेचिन्छ १ लाखको गुलाफ - Heal Of News

प्रेम दिवसको व्यापार : सामान्य पसलमा बेचिन्छ १ लाखको गुलाफ

काठमाडौं– काठमाडौंस्थित दरवारमार्ग छेउमा रहेको आर्चिज गिफ्ट सपमा बिहीवार युवायुवतीको भीड देखिन्थ्यो । ‘जताततै झिलीमिली भएर होला कुनै गिफ्टमा आँखा जादैँन,’ एक युवती आफू छेउका युवकसँग भन्दै थिइन् ।

आर्चिज गिफ्ट सपको झकिझकाउ माहोलले प्रेम दिवस (भ्यालेन्टाइन डे) को प्रभाव बढ्दै गएको सहजै बुझ्न सक्ने अवस्था थियो । राजधानीका प्राय सबैजसो गिफ्ट सपमा युवायुवतीको बाक्लो उपस्थिति देखिन्थ्यो ।

गिफ्ट सपभित्र युवकहरु आफ्नी प्रेमिकालाई दिने उपहारको खोजीमा थिए भने युवतीहरु पनि आफ्ना प्रेमीलाई दिने उपहार हेर्नमै व्यस्त देखिन्थे ।

राजधानीका ठूला–साना गिफ्ट सप, सपिङ मललाई प्रणय दिवसकै अवसरमा झकिझकाउ पारिएको छ ।

‘भ्यालेनटाइन डे’ कै अवसर पारी प्रशस्त मात्रामा कार्ड छापिएको आर्चिज गिफ्ट सपका व्यापारी सुनिल थापाले बताए । डिजिटल प्रविधिको विकास हुँदै गए पनि कार्डको खपतमा कमी नआएको उनको भनाइ छ ।

आफ्नो गिफ्ट सपमा सामान्यतया १ सय ५० रुपैयाँदेखी ८ सय रुपैयाँसम्मका कार्ड बिक्री हुने गरेको थापाले बताए । ‘भ्यालेन्टाइन डेको विशेष अफर नरहे पनि पसलमा आउने गाह्रकहरुको कमी छैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *