यस्तो बन्नेछ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भिडियोमा हेर्नुस - Heal Of News

यस्तो बन्नेछ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भिडियोमा हेर्नुस

काठमाडौं / चितवनमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन (डिपिआर)को खाका तयार भएको छ ।उक्त रंगशाला भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा निर्माण हुँदैछ ।रंग शाला २२ बिघा १६ कट्ठा पाँच धुर जग्गामा निर्माण हुनेछ । डिपिआरमा एक लाख ५४ हजार ५०६ वर्ग मिटरमा रङ्गशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ ।डिपिआर बनाउँदै गरेको क्रियटिभ डिजायन आर्किटेक्टस प्रालीले हाल तयार गरेको नमूना प्रस्तुत गरेको थियो ।

सो कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रङ्गशालाको नमूना तयार गरेको छ ।रङ्गशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ ।भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने गरी रङ्गशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ ।डिपिआरको खाकामा थपघटका लागि सुझाव लिन आज चितवनमा अन्तरकृया कार्यक्रम भयो ।कार्यक्रममा बोल्दै धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले समयमा रकम जुटाउन सकेमा २२ महिनाभित्रमा रङ्गशाला तयार हुने बताए ।परामर्शदाता कम्पनीले सरकारको कर छुट गराउनसकेमा रङ्गशाला तयार गर्न दुई अर्ब ६० करोड हाराहारी खर्च हुने जनाइएको छ ।छलफल कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको सहयोगबाट यो परियोजना सम्पन्न गर्नुपर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *