असार नलाग्दै बागलुङमा रोपाइँको चटारो - Heal Of News

असार नलाग्दै बागलुङमा रोपाइँको चटारो

बागलुङ- यतिबेला गलकोटका किसान बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । ‘प्रि–मनसुन’ सक्रिय हुँदा रोपाइँ छिटो शुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

दैनिक जसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसानले बताएका छन् । “धमाधम रोपाइँ चलेको छ, किसान व्यस्त छन्”, गलकोट नगरपालिका–७ का विनोद खड्काले भने ।

छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङ क्षेत्र पर्छ । गलकोटको मजुवा फाँट जिल्लाकै बढी धान उब्जाउ हुने ठाउँ हो । खोला आसपास र बाह्रैमास सिँचाइ पुग्ने खेतमा रोपाइँ छिटो हुने केन्द्रका कृषि प्रसार अधिकृत विनोद शर्माले बताए ।

“रोपाइँ हुने मुख्य महिना त असार नै हो”, उने भने,“गलकोटलगायतका केही ठाउँमा भने रोपाइँ शुरु भएको छ ।” गहुँ र धान बाली मात्रै लगाउने खेतमा पनि रोपाइँ छिटो हुने गर्छ । मकै बाली हुने खेतमा भने मकै झिकेपछि रोपाइँ शुरु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *