उपत्यकामा दुई हजार वेड क्षमताको क्वारेन्टाइन बनाइँदै - Heal Of News

उपत्यकामा दुई हजार वेड क्षमताको क्वारेन्टाइन बनाइँदै

काठमाडौं : सरकारले काठमाडौँ उपत्यकामा दुई हजार वेड क्षमताको क्वारेन्टिन शीघ्र निर्माण गर्ने निर्णय गरेको छ। कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको प्रभावकारी व्यवस्थाका साथै उपचारका निम्ति उक्त स्थल निर्माणको जिम्मेवारी सहरी विकास मन्त्रालयलाई

दिइएको छ। मन्त्रिपरिषदको आइतबार बसेको निर्णय सोमबार सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सहरी विकास मन्त्रालयलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ अनुसार आवश्यक सामग्री खरिद गर्ने अनुमति दिएको जानकारी दिए।

संक्रमण जोखिम कायमै रहेकाले भदौ १६ गतेदेखि सुरु गर्ने भनिएका सार्वजनिक यातायात र आन्तरिक उडान असोज १ गतेसम्मका लागि सारिएको बताए। मन्त्रिपरिषदले श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने तथा सहसचिवद्वय नवराज ढकाल र उदयबहादुर रानामगरलाई क्रमशः ल्हासा र हङकङमा नेपाली महावाणिज्यदूतमा नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले नेपाली सेनाका सहायक रथी विनयविक्रम राणालाई उपरथीमा बढुवा र सहायक रथी अरुणकुमार पालको राजीनामा स्वीकृत गरेको छ।
मन्त्रिपरिषद बैठकका निर्णय यस्ता छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *