यी हुन् १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी पुरा विवरण हेर्नुहोस्  - Heal Of News

यी हुन् १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपाललाई स्वर्ण पदक दिलाउने खेलाडी पुरा विवरण हेर्नुहोस् 

मंगलबार नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्‍यो। सफलतापूर्वक साग आयोजना गरेको नेपालले पदक तालिकासमेत ऐतिहासिक सफलता प्राप्त गर्‍यो। यसअघि कुल ३१ स्वर्ण मात्र जितको नेपालले १३औं संस्करणमा भने ५१ वटा स्वर्ण पदक जितेर इतिहास कायम गरेको छ। साग इतिहासमा नेपालले पहिलो पटक ५० भन्दा बढी स्वर्ण जितेको हो।सागमा कुन ३ सय १६ स्वर्णको लागि प्रतिस्पर्धा भएको थियो।

नेपालले सबैभन्दा बढी तेक्वान्तोतर्फ स्वर्ण पदक जित्यो। नेपालले तेक्वान्दोका विभिन्न इभेन्ट्समा १२ वटा स्वर्ण पदक जितेको थियो। त्यस्तै नेपालले करातेमा १० वटा स्वर्ण जितेको थियो।नेपाललाई जसले स्वर्ण पदक दिलाए। पुरा विवरण हेर्नुहोस्

तेक्वान्दो
१. २३–२९ वर्ष पुम्से : कमल श्रेष्ठ

२. १७ –२३ वर्ष पुम्से : सिना मादेन लिम्बु

३. २३ –२९ वर्ष पुम्से : पार्वती गुरुङ

४. २९ वर्ष माथि पुम्से : आयशा शाक्य

५. २९ वर्ष माथि पुम्से : आयशा शाक्य र सञ्जिकुमार पाण्डे

६. महिला टिम १७–२३ वर्ष टिम पुम्से : निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

७. महिला टिम २३–२९ वर्ष टिम पुम्से : निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

८. ४६ केजी मुनि गेरुगी : काजल श्रेष्ठ

९. ६८ केजी मुनि गेरुगी : वीरबहादुर महरा

१०. ६२ केजी मुनि गेरुगी : संगीता बस्याल

११. ८७ केजी गेरुगी : सक्षम कार्की

१२. ८७ गेरुगी : भुपेन श्रेष्ठ

कराते
१. एकल काता : मण्डेकाजी श्रेष्ठ

२. टिम काता, पुरुष : मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३. टिम काता, महिला : निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४. ५५ केजी कुमुते : लक्ष्मण तामाङ

५. ८४ केजीमाथि : विप्लवलाल श्रेष्ठ

६. ४५ केजी मुनी : कुसुम खड्का

७ ५० केजी मूनि : अनु अधिकारी

८. ६७ केजी : नवीन रसाइली

९. ६८ केजी : सुनिता महर्जन

१०. ६८ केजी : अनुपमा मगर

ट्रायथलन
१. सोनी गुरुङ

२. हिमाल टमाटा

उसु
१. थाउलो : विजय सिन्जाली

२ थाउलो : सुस्मिता तामाङ

३. थाउलो : दीपक हमाल

४. थाउलो नान्दौ : निमा घर्तीमगर

५. सान्डा सान्सो : जुनी राई

एथलेटिक्स
१. १० हजार मिटर : सन्तोषी श्रेष्ठ

२. ५ हजार मिटर : गोपीचन्द्र पार्की

३. म्याराथन : किरण सिंह बोगटी

साइक्लिङ
१. डाउनहिल : राजेश मगर

२. डाउनहिल : निश्मा श्रेष्ठ

३. क्रस कन्ट्री : लक्ष्मी मगर

४. क्रस कन्ट्री : वुद्धिबहादुर तामाङ

बक्सिङ
१. पुरुष ६० केजी : सनिल शाही

२. महिला ४८ केजी : मिनु गुरुङ

३. पुरुष ६४ केजी : भुपेन्द्र थापा मगर

पौडी
१. २ सय मिटर फ्रिस्टाइल : गौरिका सिंह

२. ४ सय मिटर फ्रिस्टाइल : गौरिका सिंह

३. २ सय मिटर ब्याकस्ट्रोक : गौरिका सिंह

४. १०० मिटर फ्रिस्टाइल : गौरिका सिंह

भारोतोलन
१. ५९ केजी : सन्जु चौधरी

२. पुरुष ८९ केजी तौल : विकास थापा

जुडो
१. महिला ७८ केजीमुनि : पुनम श्रेष्ठ

२. महिला ५२ केजी मुनि : देविका खड्का

गल्फ
१. पुरुष एकल : सुवास तामाङ

२. पुरुष टिम इभेन्ट्स : सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की, निरज तामाङ

फुटबल
१. पुरुष फुटबल

कुस्ती
१. ५५ केजी तौल समूह : संगीता धामी (  नेपालन्युजको सहयोग मा )

Leave a Reply

Your email address will not be published. Required fields are marked *