सन्दिपले साग नखेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाउने भएका भएका छन् ।आँखाको शल्यक्रिया गरेपछि सन्दीपले घरेलु भूमिको साग गुमाउने भएका हुन् । नेपाली राष्ट्रिय टिमका टिम म्यानेजर रमण सिवाकोटीले सन्दीपले साग नखेल्ने पक्का भएको बताए । ‘सन्दीपले साग खेल्ने छैनन् । उनको आँखाको अप्रेसन आज भएको छ,’ सिवाकोटीले खेलपाटीसँग भने, ‘टिमसँग सल्लाह गरेर नै शल्यक्रिया गरिएको हो ।’
पछिल्लो समय सन्दीपको आँखामा समस्या देखिएपछि सोमबार तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया गरिएको हो ।न्दीपको शल्यक्रिया ठिक हुन २ हप्ता देखि २० दिन लाग्ने सिवाकोटीले जानकारी गराए ।सन्दीप टिमबाट बाहिरिएपछि नेपालले उनको स्थानमा रोहित कुमार पौडेललाई टिममा बोलाईएको छ । यस अघि साग खेल्ने टिममा रोहित वैकल्पिक खेलाडीको रुपमा रहेका थिए ।सन्दीप हालै युएईमा सम्पन्न टी-१० लिग खेलेर फर्किएका थिए ।
टियु क्रिकेट मैदानमा हुने सागमा नेपालले श्रीलंकासँग डिसेम्बर ३ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।यस्तै नेपालले डिसेम्बर ५ मा भुटानसँग खेल्दा डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्नेछ । नेपालले अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ ।सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् ।भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्ने छैनन् । यस्तै बंगलादेश र श्रीलंकाले यू-२३ टिम पठाउने छ । अन्य राष्ट्रको भने सिनियर टिम हुनेछ ।राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ ।
लेख राम्रो छ तर, मलाई केही कुरा बुझिएन। लेखमा केही कमी छ जस्तो लाग्छ। लेखकले यो लेखलाई अझ स्पष्ट र सरल बनाउनुपर्छ।
यो लेख पढेर मेरो दिमाग अलि चकमन्न भयो। लेखकले धेरै जटिल शब्दावली प्रयोग गरेका छन्, जुन मलाई बुझ्न गाह्रो छ।
लेखको शीर्षक धेरै चाखलाग्दो छ! तर, लेखको सामग्री त्यति चाखलाग्दो छैन। लेखकले यस लेखमा धेरै ठूलो कुरा गर्ने प्रयास गरेको जस्तो लाग्छ।
लेख राम्रो छ। लेखमा बढी जानकारी भएको भए अझ राम्रो हुन्थ्यो। लेख अलि छोटो लागेको छ।
लेखमा उल्लेख गरिएको कुरा सहि हो किनकि मलाई यो जानकारी पहिले नै थाहा थियो। तर, लेखले यसलाई नयाँ कोणबाट प्रस्तुत गरेको छ।
लेख अलि कमजोर छ। लेखमा धेरै गल्तीहरू छन्। लेखकले अझ राम्रोसँग लेख्नु पर्छ।
लेख पढेर मलाई धेरै कुरा बुझियो। लेखकले अझ स्पष्ट र सरल भाषामा लेख्नु पर्छ।
लेख पढ्दा मलाई हास्यास्पद लाग्यो। लेखकले सबै कुरा बढाई चढाई लेखेको जस्तो लाग्छ।
लेखमा लेखिएका धेरै कुराहरूसँग म सहमत छैन। लेखकले आफ्नो व्यक्तिगत विचारलाई लेखमा प्रस्तुत गरेका छन्, जुन मलाई मान्य छैन। लेखकले यो लेखलाई तथ्यमा आधारित बनाउनुपर्छ।
यो लेख धेरै राम्रो छ! मलाई यो धेरै मन पर्यो। यो लेखले मलाई धेरै कुरा सिकायो र मेरो बुझाइलाई अझ बढायो। धन्यवाद लेख्नुभएकोमा!