टेष्ट क्रीकेटमा दुई दिनमा तीन फरक टेष्टमा 5 संयोग

विश्व क्रिकेटमा आइतबार र सोमबार अन्तइतै दुर्लभ घटना भयो । आइतबार दुई टेस्टको नतिजा आयो र सोमबार अर्को एक टेस्टको नतिजा आयो । यी सबै टेस्टमा घटनाक्रम भने एक अर्कासँग दुरुस्तै मिलेका छन् । आज न्यूजिल्याण्डले इङल्याण्डलाई १ इनिङ र ६५ रनले जितेसँगै तीन छुट्टाछुट्टै टेस्टमा यो दुर्लभ संयोग बनेको हो । तीन टेस्टमध्ये पहिलो नतिजा आइतबार बिहान आएको थियो । आइतबार बिहान अस्ट्रेलियाले पाकिस्तानलाई १ इनिङ र ५ रनले पराजित गर्यो । लगत्तै अआइतबार दिउँसो भारतले बंगलादेशलाई १ इनिङ र ४६ रनले पराजित गर्यो । त्यसपछि आज बिहान न्यूजिल्याण्ड र इङल्याण्डको टेस्टको नतिजा आयो ।

यो टेस्टमा न्यूजिल्याण्डले इङल्याण्डलाई १ इनिङ र ६५ रनले पराजित गर्यो । यी तीनवटै टेस्टमा दुर्लभ समानता बने । संयोग १– तीनवटै खेलमा टस जित्ने टिमले पहिले ब्याटिङ रोजेका थिए । पाकिस्तान, बंगलादेश र इङल्याण्ड तीनवटै देशले टस जितेर ब्याटिङ रोजे ।संयोग २ – टस जितेर पहिले ब्याटिङ गर्ने तीनवटै टिमले पहिलो इनिङमा ठूलो स्कोर बनाउन सकेनन् । पाकिस्तान २४०, बंगलादेश १०६ र इङल्याण्ड ३५३ रनमा अलआउट भए ।संयोग ३– पहिले बलिङ गर्ने तीनवटै टिमले आफूले ब्याटिङ गर्दा विपक्षी टिमको तुलनामा विशाल स्कोर बनाए । अस्ट्रेलियाले ५८०, भारतले ९ विकेटको क्षतिमा ३४७ र न्यूजिल्याण्डले ९ विकेटको क्षतिमा ६१५ रन बनाए ।

संयोग ४ – टस जितेर पहिले ब्याटिङ गर्ने तीनवटै टिमले आफ्नो दोस्रो इनिङमा विपक्षी टिमले एउटै इनिङबाट बनाएको अग्रता भेट्टाउन समेत सकेनन् । २ इनिङ ब्याटिङ गर्दा समेत पाकिस्तान अस्ट्रेलियाले एउटै इनिङमा बनाएको स्कोरभन्दा ५ रन पछि रह्यो, बंगलादेश ४६ रन पछि रह्यो र इङल्याण्ड ६५ रन पछि रह्यो ।संयोग ५ – तीनवटै टेस्टमा हार्ने टिमले पूरै २० विकेट गुमाए तर जित्ने टिमले १० भन्दा बढी विकेट गुमाएनन् । हार्ने टिम २ पटक अलआउट भए तर जित्ने टिमले दोस्रो पटक ब्याटिङ नै गरेनन् ।

8 thoughts on “टेष्ट क्रीकेटमा दुई दिनमा तीन फरक टेष्टमा 5 संयोग

  1. यसमा कुनै संयोग छैन! यो सब पूर्व निर्धारित छ! मैले यो सब जान्दछु !

  2. अहो! यो त एकदमै रोचक छ! म टेष्ट क्रिकेट खेल देख्न खुसी हुन्छु। यो समाचार अनौठो छ र म अब यसको बारेमा बढी जान्न चाहन्छु।

  3. यो सब अनौठो त छ ! तर यो कुरा कसैले पनि विश्वास गर्न गाह्रो छ !

  4. यो सब भ्रम हो! यस्तो कुरा कसैले पनि विश्वास गर्नु हुँदैन ! यो सब नक्कली हो !

  5. के को संयोग हो यो! केही चिज न हुने हो भने यस्तो पनि हुन्छ? यो त बिलकुलै अविश्वसनीय छ!

  6. यो साँच्चै अनौठो छ! मैले यस्तो कुरा कहिल्यै सुनेको थिएन। कस्तो संयोग हो! के यो कुनै प्रकारको समाचार हो? मलाई लाग्छ यो त केवल एक समाचार हो।

  7. हे भाइ, के यो सबै सत्य हो? अब त यस्तो कुरा पनि हुन सक्छ ? के के हुन्छ यो संसारमा?

  8. यो सब त एकदम सामान्य कुरा हो! केही कुरा भयो भने त्यस्तै हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मराठा अरेविन्यसद्वारा टि-10 लिगको उपाधी जित्न सफल
Next post सन्दिपले साग नखेल्ने